काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउने भीड छ।
आइतवार बिहानैदेखि बालगोपालेश्वर मन्दिरमा दिदि–बहिनी नहुनेहरूलाई भाइटीका लगाउन सुरु गरिएको हो।
दिदि–बहिनी नहुनेका लागि वर्षमा (आज) एकदिन मात्रै बालगोपालेश्वर मन्दिर खुलाउने प्रचलन रहेको छ । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ। दिदिबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गर्ने र टीका लगाउने गर्दछन्।
तिहारको पाँचौँ दिन आज दिदिबहिनीहरुले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था निष्ठाका साथ दीर्घायु, आरोग्य ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पाअनुसार सप्तरङ्गी टीका लगाइदिने गर्दछन्।
दिदिबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदिबहिनीलाई टीका लगाइदिन्छन्। दिदिबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता छ।








Shares

प्रतिक्रिया