फोटोफिचर


सुनको मूल्य उच्च हुँदा पनि घटेन धनतेरसका लागि असर्फी किन्नेको भीड (तस्बिरहरू)


सरोज बैजु
कात्तिक १३, २०८१ मंगलबार १३:१, काठमाडौँ

नेपाल राष्ट्र बैंकले विक्री गर्ने सुनका सिक्काहरु असर्फी किन्न लगानीकर्ताको भीड लागेको छ। 

नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, टक्सार महाशाखा बबरमहलमा सिक्का किन्नेको भीड लागेको हो। 

टक्सार माहाशाखाले तिहारको अवसरमा सर्वसाधारणका लागि २.५ ग्रामको सुनको असर्फी र चाँदीको स्मारिका सिक्का तथा मेडालियन बिक्रीमा राखेको छ।  दैनिक मुल्यमा महाशाखाले सुनको असर्फी बिक्री गरिरहेको छ । 

जसमा मंगलबार आज ११ बजेदेखि ४ बजेसम्म सर्वसाधारणले असर्फी किन्न पाउनेछन् । २.५ ग्रामको सुनको असर्फी राष्ट्र बैंकले आज एक दिनमात्रै बिक्री गर्नेछ भने चाँदीको स्मारिका तथा मेडालियन भने कात्तिक १४ गतेसम्म बिक्री गर्नेछ। जसमा सर्वसाधारणले प्रतिव्यक्ति बढीमा पाँच थानसम्म किन्न पाउनेछन् । 

धनतेरसका लागि सुनको असर्फी भने आज एक दिनमात्रै बिक्री गरिने भएकाले सर्वसाधारणको भीड बढेको हो।

तस्बिरहरु :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad