काठमाडौँको व्यापरिक केन्द्र न्युरोड, असन, जमल लगायका क्षेत्रमा दसैँ किनमेल गर्नेको भिड बढेसँगै सवारी आवागमन प्रभावित बनेको छ। शनिबार बिदाको दिन पारेर किनमेल गर्नेहरूको भिड बढ्दा रत्नपार्क, जमल, न्युरोड गेट, भोटाहिटी लगायतका क्षेत्रमा सवारी चाप बढेको हो।
एक सातायता नयाँ सडक, असन, रत्नपार्क भोटाहिटी, जमल, सुन्धारा क्षेत्रमा दसैँ किनमेल गर्नेको भिड छ।
भिडभाडका कारण किनमेल गर्नेलाई सडक वारपार गर्न धौधौ देखिन्छ।
सर्वसाधारणहरुले लत्ताकपडा, गरगहना, मोबाइल, जुत्ता चप्पललगायतको किनमेल गरिरहेका छन्।
372
Shares
प्रतिक्रिया