ad ad

फोटोफिचर


भदौरे झरी र आन्दोलनले अस्तव्यस्त बन्यो मुख्य सहरको सडक (तस्बिरहरू)


सरोज बैजु
भदौ १६, २०८१ आइतबार १९:३९, काठमाडौँ

पछिल्लो साता काठमाडौँ लगायत देशभर वर्षा निरन्तर भइरहेको छ। शनिबार र आइतबार त काठमाडौँमा अविरल वर्षा भइरह्यो। 

वर्षाकै बीचमा आइतबार दिउँसो घण्टौँसम्म काठमाडौँ महानगरपालिकाको मुख्य सहर अस्तव्यस्त बन्यो। बाक्लो भदौरे झरिका बीचमा सहकारी पीडित र निर्मला कुर्मीलाई न्याय दिनुपर्ने मागसहित सुरु भएको आन्दोलनले दुई घण्टाभन्दा बढी ट्राफिक व्यवस्थापन नै अस्तव्यस्त बनाएको थियो। 

जसका कारण  सुन्धारा, रत्नपार्क, भद्रकाली, पुतलीसडक, माइतीघर लगायतका मुख्य स्थानका सडकमा सवारी साधनको लामो लाइन लागेको थियो। 

सिंहदरबार घेराउको आह्वान गर्दै आज सहकारी पीडितहरु रत्नपार्क क्षेत्रमा सयौँको सङ्ख्यामा भेला भएका थिए। जसका कारणले ट्राफिक व्यवस्थापन निकै चुनौतीपूर्ण बनेको थियो। 

तस्बिरहरूः 

'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .