ad ad

कारोबार


सकियो नाडा अटो सो : सीजी मोटर्सको रिडराले जित्यो चारपांग्रेमा उत्कृष्ट स्टल अवार्ड

सकियो नाडा अटो सो : सीजी मोटर्सको रिडराले जित्यो चारपांग्रेमा उत्कृष्ट स्टल अवार्ड

नेपालखबर
भदौ १६, २०८१ आइतबार १८:२२, काठमाडौँ

यही भदौ ११ देखि काठमाडौंको भृकुटीमण्डपमा ६ दिनसम्म चलेको नाडा अटो सो सम्पन्न भएको छ। 

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)का अध्यक्ष करण चौधरीले आइतबार यस वर्षको सवारीसाधन प्रदर्शनी मेलाको समापन गरेका हुन्।  

सो समापन गर्दै उनले अटो सोले दसैँको स्वागत गरेको बताए। 

सोले अटो व्यवसायीमा खुसियाली छाएको उनको भनाइ थियो।  

नाडा अटो सोमा चारपांग्रेमा उत्कृष्ट स्टल अवार्ड सीजी मोटर्स प्रालिको रिडराले पाएको छ। 

त्यसैगरी दुईपांग्रेमा उत्कृष्ट स्टल अवार्ड वैद्य अर्गनाइजेसनको एथर ब्रान्डले पाउँदा कमर्सियलमा एमएडब्लु वृद्धिको सेकोन र कम्पोनेन्टमा सत्यदिप इन्टरप्राइजको भिडोलले पाएको छ। 

ग्राहकसँगको व्यवहार, स्टलको  डिजाइन, साउन्ड लगायत रहेका आधारमा स्टल अवार्ड दिइएको थियो।

यसपटकको नाडा अटो सोमा ८० हजार बढी दर्शकले अवलोकन गरेको नाडाले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .