ad ad

फोटोफिचर


यी तस्बिरमा हेर्नुहोस् पेरिस ओलम्पिक उद्घाटनको भव्य समारोह


नेपालखबर
साउन १२, २०८१ शनिबार ११:३९, काठमाडौँ

ओलम्पिक–२०२४ फ्रान्सको राजधानी पेरिसमा गएराति भव्य तरिकाले उद्घाटन गरिएको छ। 

उद्घाटन एकदम रोचक तरिकाले गरिएको थियो। हजारौँ खेलाडीहरूको टोली सेइन नदीमा डुंगा सयर गर्दै उद्घाटन समारोह परेडमा भाग लिइरहेका थिए।

यस क्रममा पुल, नदी किनार र छतहरूमा प्रत्यक्ष प्रस्तुति भइरहेका थिए।

यो समारोह पहिलोपटक रंगशालामा नभएर सहरको बीचमा आयोजना गरिएको थियो।

चार घण्टासम्म चलेको सानदार उद्घाटन समारोह फ्रान्सेली जुडो खेलाडी टेडी रिनर र स्प्रिन्टर मारी–जोसे पेरेकले पेरिसको आकासमा तातो हावाको बेलुन छाड्दै गरेका थिए, जुन बेलुन पेरिसको आकाश धेरै माथिसम्म उडेको थियो। 

२५० प्रतिनिधिमण्डलका ६ हजार ८ सय खेलाडी डुंगा र बार्जमा परेड गरिरहेका थिए भने फान्सेली राजधानीको सबैभन्दा प्रसिद्धस्थल अस्टेरलिज रातो, सेतो र नीलो अतिशबाजीले नुहाइरहेको थियो।   

कार्यक्रममा केही उत्कृष्ट सांस्कृतिक कार्यक्रम पनि देखियो। यसमा अमेरिकी गायिका–गीतकार लेडी गागाको गीत र क्यानाडाली आइकन सेलिन डियोनको भावनात्मक पुनरागमन समावेश थिए।

तर उक्त दिनको सुरुवातमा केही तनाव झेल्नुपर्‍यो। फ्रान्सेली रेल नेटवर्कमा आक्रमण र तोडफोडले केही समय रेलमार्ग अवरुद्ध भयो भने साँझ भारी वर्षा पनि भयो।

जसका कारण खेलाडीहरूले रेनकोट र छाताको सहारा लिनुपरेको थियो, तर पनि उनीहरूको जोशमा कुनै कमी देखिँदैनथ्यो। 

दुई हजारभन्दा बढी संगीतकार, नर्तक र अन्य कलाकारले फ्रान्सको इतिहास, कला र खेलकुदलाई आफ्नो प्रस्तुतिमार्फत प्रस्तुत गरेका थिए।

पेरिसमा यो तेस्रोपटक ओलम्पिक आयोजना गरिएको हो भने सय वर्षमा पहिलोपटक। 

३३औँ ग्रीष्मकालीन ओलम्पिक अन्तर्राष्ट्रिय र आन्तरिक राजनीतिक कठिनाइका बीच सुरु भएको छ। 

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) का प्रमुख थोमस बाचले खेलाडीहरूलाई शान्तिका लागि विश्वलाई एकताबद्ध गर्ने समारोहको हिस्सा भएको बताए।

अगस्ट ११ मा समापन हुने उक्त प्रतियोगितामा १० हजार ५ सयभन्दा बढी खेलाडीले ३२ खेलमा पदकका लागि प्रतिस्पर्धा गर्नेछन्।

हेर्नुहोस् ओलम्पिक उद्घाटन समाराेहका तस्बिर-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .