ad ad

फोटोफिचर


जिल्ला प्रहरी परिसर काठमाडौँले ९ वर्षपछि थाल्यो आफ्नै भवनबाट सेवा (तस्बिरहरू)


सरोज बैजु
असार २३, २०८१ आइतबार १४:२४, काठमाडौँ

जिल्ला प्रहरी परिसर, काठमाडौँको नयाँ भवनबाट सेवा प्रवाह सुरु गरिएको छ। आइतबार (असार २३) गतेबाट भद्रकालीस्थित नयाँ भवनबाट सेवा प्रवाह सुरु गरिएको परिसरले जनाएको छ। 

भद्रकालीमा रहेको आफ्नै जमिनमा सुविधा सम्पन्न भवन बनेपछि शनिबार कार्यालय स्थानान्तरण गरिएको थियो। 

हनुमानढोकामा रहेको परिसर भवनमा २०७२ को भूकम्पले क्षति पुर्‍याएपछि टेकुस्थित तत्कालीन नेसनल ट्रेडिङ लिमिटेड (हाल नेपाल आयल निगम) को परिसरमा प्रहरी परिसर सरेको थियो।

स्थानान्तरणको ९ वर्षपछि काठमाडौँ प्रहरीले आइतबारदेखि आफ्नै भवनबाट सेवा दिन थालेको हो। 

८० करोड रुपैयाँ कुल लागतमा बनेको भवन आठ तलाको छ। कुल क्षेत्रफलमध्ये भवन पूर्वाधार मात्रै ६ रोपनीमा फैलिएको छ। 

भवनको सम्पूर्ण भाग समेट्ने गरी सीसीटीभी जडान, अभियुक्तसँग बयान लिन अन्तर्राष्ट्रियस्तरको ‘इन्टरोगेसन रुम’, अभियुक्तको म्याद थप हिरासत कक्षबाटै हुने व्यवस्था पनि भवनमा मिलाइएको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .