ad ad

फोटोफिचर


टुँडिखेलमा गणतन्त्र दिवस : मौलिक भेषभूषामा सजिएर नृत्य (तस्बिरहरू)


सरोज नेपाल
जेठ १५, २०८१ मंगलबार १२:२३, काठमाडौँ

काठमाडौँको टुँडिखेलमा विशेष समारोहकाबीच १७औँ गणतन्त्र दिवस मनाइएको छ। देशमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रूपमा मनाइन्छ।

यस वर्ष जेठ १४, १५ र १६ गते तीन दिनसम्म नेपालभित्र तथा विदेशस्थित नेपाली राजदूतावास नियोगहरूमा दीपावलीलगायत कार्यक्रम गरी गणतन्त्र दिवस मनाउने निर्णय भएको छ। 

सोही अनुसार आज (मंगलबार) पहिलो दिन विशेष समारोहकाबीच गणतन्त्र दिवस मनाइएको हो। 

टुँडिखेलमा आयोजित समारोहमा विभिन्न जात–जाती र समुदायका सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरिएको थियो। 

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को सशस्त्र युद्ध र सात राजनीतिक दलको शान्तिपूर्ण आन्दोलनको जगमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफ्नो प्रत्यक्ष शासन सत्तालाई जनतालाई फिर्ता गर्दै २०६३ वैशाख ११ गते तत्कालीन संसद् पुनःस्थापना गरेका थिए। 

त्यसपछि गठित सरकारबाट भएको संविधानसभाको निर्वाचनबाट निर्वाचित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते व्यवस्थापिका–संसद्बाट गणतन्त्र स्थापनाको घोषणा गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .