दोस्रोपटक केपी ओली कपको उपाधि मछिन्द्र एएफसीले आफ्नो पोल्टामा पारेको छ। शनिबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा न्यू रोड टिम (एनआरटी) लाई हराउँदै मछिन्द्रले जित हात पारेको हो।
नेकपा एमाले निकट संगठन युवा संघद्वारा आयोजित खेलको फाइनलमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पनि पुगेका थिए। विभिन्न नेता, कलाकारहरूको उपस्थित रहेको खेल हेर्न रंगशालामा उल्लेख्य दर्शक पुगेका थिए।
पहिलो संस्करणमा पनि मछिन्द्रले पेनाल्टिबाटै जित निकालेको थियो।
प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँ र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गरे।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले १ लाख, उत्कृष्ट गोलरक्षक, गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार रुपैयाँ पाए।














42
Shares

प्रतिक्रिया