ad ad

फोटोफिचर


बल्खुमा प्रसाईंका समर्थकले बाले टायर (तस्बिर)


सरोज नेपाल
मंसिर ७, २०८० बिहिबार १७:१२, काठमाडौँ

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको ‘राष्ट्र बचाउ महाअभियान’ का समर्थकले काठमाडौँको बल्खुमा टायर बालेका छन्।

बिहीबारका लागि निर्धारित कार्यक्रम बिथोलिएको आक्राेशमा उनीहरूले बल्खु चोकमा टायर बालेर विरोध प्रदर्शन गरेका हुन्।

प्रशासनले प्रदर्शनका लागि तोकिदिएको बल्खु क्षेत्रमा लगातार दुई पटकसम्म झडप भएपछि पूर्वनिर्धारित तालिका बिथोलिएको हो।

आज (बिहीबार) उपत्यकाका विभिन्न आठ ठाउँबाट आएको र्‍याली बल्खुमा कोणसभामा परिणत हुने र त्यहाँ प्रसाईंलगायतले सम्बोधन गर्ने कार्यतालिका थियो।

पूर्वनिर्धारित उक्त कार्यमक्रम बिथोलिएपछि प्रसाईं समर्थकले टायर बालेर विरोध गरेका हुन्। उनीहरूले नाराबाजीसहित बालेको टायर प्रहरीले फालेको छ।

आगोको लप्कासहित बलेका कतिपय टायर प्रहरीले बल्खु चोककाे पुलमुनि समेत फालेको छ। जहाँ सडक छ र पैदलयात्रु तथा सवारीसाधन आवात-जावत गर्छन्।

यही सडक हुँदै बल्खुको तरकारी बजार पनि पुगिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .