तराई मधेस लगायत काठमाडौंमा समेत महत्त्वका साथ मनाइने धार्मिक एवम् लोकआस्थाको पर्व छठ विधिवत् रूपमा सुरु भएको छ।
खासगरी नेपालको तराई मधेशमा चार दिनसम्म धुमधामका साथ मनाइने यो पर्व पछिल्लो समय काठमाडौं उपत्यकालगायत पहाडी क्षेत्रमा पनि लोकप्रिय हुँदै गएको छ।
छठका लागि यतिबेला काठमाडौंका पोखरी, नदी तलाउ जस्ता जलाशय सिंगारिएको छ। काठमाडौंको कमल पोखरी, कुपण्डोल, गौरीघाट, नागपोखरी, गहनापोखरीलगायतका स्थानहरूमा छठका लागि जलाशय सिंगारिएका छन्।
शनिबार साँझबाटै यी जलाशयहरूमा तस्बिर खिच्ने र घुम्नेहरूको चहलपहल सुरु भएको छ।
प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठी तिथिका दिन बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइने छठ पर्व शुक्रबारबाट सुरु भएको हो। मुख्य विधिअन्तर्गत पहिलो दिन (चतुर्थी_ को विधिमा अरबा–अरबाइन गरिन्छ।
जसलाई नहाय–खाय पनि भन्ने गरिएको छ। दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने विधि गरिन्छ।
तस्बिरहरूः
Shares
प्रतिक्रिया