नेपाली सेनाले बडादसैँको फूलपातीका लागि तयारी गरेको छ।
सेनाले परम्परादेखि हर्षबढाईँपूर्वक दसैँको फूलपाती भित्र्याउने गर्दछ। त्यसक्रममा सेनाले तोप पड्काउनुका साथै विभिन्न आकर्षक गतिविधि प्रस्तुत गर्दछ।
नेपाली सेनाले टुँडिखेलमा फूलपाती भित्र्याउन तयारी गररिरहेको छ। त्यसक्रममा बिहीबार सेनाले तोप पड्काएको छ।
तोप पड्किरहँदा सर्वसाधारणले समेत चासोपूर्वक सेनाको गतिविधि नियालिरहेका थिए।
यसवर्ष बडादसैँको फूलपाती कात्तिक ५ गते परेको छ।
54
Shares
प्रतिक्रिया