काठमाडौँको टोखा नगरपालिका महांकालस्थित झोर झरना हिजोआज युवापुस्तामाझ लोकप्रिय हुँदै गइरहेको छ।
गर्मीको मौसममा झरनाको चिसो पानीले युवाहरूलाई बढी लोभ्याउने गरेको छ। यसैले गर्मी मौसममा यहाँ भीड नै लाग्ने गर्दछ।
झरनासँगै शिव भगवान्को मन्दिर पनि रहेको हुँदा धार्मिक दृष्टिकोणले पनि यसले व्यापकता पाउँदै गएको छ।
यस झरनामा आउने पानीको मुख्य स्रोत शिवपुरी राष्ट्रिय निकुञ्जबाट बग्ने पानी रहेको छ।
सोमबार कैद गरिएका झोर झरनाका तस्बिर :
3
Shares
प्रतिक्रिया