फोटोफिचर


मनाङको हेलिकप्टर दुर्घटना : सबै शव काठमाडौं ल्याइयो (तस्बिरहरु)


सरोज बैजु
असार २६, २०८० मंगलबार १८:३४, काठमाडौँ

मनाङ एयरको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका सबै ६ जनाको शव काठमाडौंमा ल्याइएको छ।

अन्य कम्पनीका हेलिकप्टरबाट पाइलट चेत गुरुङसहित ५ जना मेक्सिकन पर्यटकको शव मंगलबार साँझ काठमाडौं झारिएको हो।

ती सबै शव महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि राखिनेछ।

रुखमा ठोक्किएर दुर्घटना हुँदा केही शवहरु नचिनिने अवस्थाका छन्। सोलुखुम्बुको सुर्केबाट बिहान १० बजेर ५ मिनेटमा उडेको हेलिकप्टर त्यसको ८ मिनेटपछि दुर्घटनामा परेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .