ग्लोबल


नेटोको शिखर सम्मेलन लिथुवानियामा सुरु, युक्रेनलाई सहयोग बढाइने

नेटोको शिखर सम्मेलन लिथुवानियामा सुरु, युक्रेनलाई सहयोग बढाइने

नेपालखबर
असार २६, २०८० मंगलबार १८:५५,

लिथुवानियामा नेटो राष्ट्रहरुको दुई दिने शिखर सम्मेलन सुरु भएको छ। उत्तर एटलान्टिक सन्धि संगठनको सदस्य मुलुकका राज्य तथा सरकार प्रमुखहरु भिल्नियसमा भेला भएका छन्।

उद्घाटन समारोहमा नेटोका महासचिव यन्स स्टोल्टेनबर्गले फिनल्यान्डलाई स्वागत गरे। भर्खरै सदस्यता प्राप्त गरेको सो मुलुक पहिलो पटक शिखर सम्मेलनमा सहभागी हुँदैछ।

हाल ३१ सदस्य रहेको नेटोको आगामी सदस्यका रुपमा स्विडेन चयन हुने बताइएको छ।

सम्मेलनको केन्द्रमा युक्रेन देखिन्छ। स्टोल्टेनबर्गले युक्रेनलाई राजनीतिक र व्यावहारिक सहयोग बढाउने बताए, जसले युक्रेनलाई नेटो अझ नजिक ल्याउने उनको भनाइ थियो।

‘आज हामी अझ बलियो गठबन्धनका लागि थुप्रै निर्णय लिनेछौँ। हामी युक्रेनलाई व्यावहारिक र राजनीतिक सहयोग बढाउनेछौँ। यसले युक्रेनलाई नेटोको अझ नजिक ल्याउनेछ,’ उनले भने।

तर, युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले भने यो सम्मेलनले युक्रेनलाई सदस्यताका लागि औपचारिक निम्तो दिनुपर्ने बताएका छन्।

मंगलबार नै जेलेन्स्की भिल्नियस आइपुग्ने कार्यक्रम छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .