फोटोफिचर


ढकमक्क कान्तिपुरी नगरी (फोटोफिचर)


नेपालखबर
बैशाख २, २०८० शनिबार ११:९, काठमाडौँ

कान्तिपुरले जवानीको रूप देखाएको छ, ढकमक्क फुलेको छ अलकापुरी। 

वसन्त ऋतुको आगमनसँगै रंगीचंगी फूल र हरियालीले संघीय राजधानी काठमाडौंलाई मनमोहक देखिएको छ। काठमाडौं उपत्यकाका सडक किनारमा फुलेका यी फूलहरूले मोहित नहुने को होला र!

डाँडाकाँडा चहुर हरिया देखिए पालुवाले 
बोकी ल्यायो बकुल वनको वास मीठो हावाले 
डाकी मौरी मधुर रसमा लेक पाक्यो गुहेँली 
गोठालाले वनवन डुली हाल्न थाल्यो सुसेली 

राष्ट्रकवि स्व. माधवप्रसाद घिमिरेको वैशाख कविताको यो अंशले भनेजस्तै काठमाडौंमा यतिबेला वैशाख फुलेको छ। फूलैफूलको यो सहरमा नदी किनार, सडकका छेउ, घरका प्रवेश द्वार, मठ मन्दिर सुगन्धमय बनेका छन्।

ऋतु मात्रै होइन यतिखेर राजधानी पनि परिवर्तन भएको भान हुन्छ। सडकको वरिपरि रहेको चेरी र आरु फुलेर सडकको सौन्दर्यता बढाएको छ।

राजधानी काठमाडौंका सडक पेटीमा फुलेका चेरी र आरु फूलको दृश्यले कम आनन्द महशुस हुँदैन। सडकमा हिँड्ने यात्रु लोभलाग्दा फूलसँग रमाइरहेका भेटिन्छन्।

आजको फोटो फिचरमा न्यूज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका तस्वीरहरू

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad