ad ad

फोटोफिचर


सुन्दर प्रकृति (१३ तस्बिर)


नेपालखबर
फागुन २०, २०७९ शनिबार १२:३८, काठमाडौँ

प्रकृति हुँदैन थियो भने जन्मिनु र रमाउनुको अर्थ हुँदैन थियो। त्यसैले त प्रकृति मानव जीवनका लागि वरदान हो। हरेक मानिसलाई जिउन सिकाउने प्रकृतिको संरक्षण र संवर्द्धन गर्न मानिसले बिर्सिसके, तर प्रकृतिले आफ्नो कर्तव्य बिर्सिएको छैन। समायानुकूल आफू परिवर्तन हुनु उसको कर्तव्य हो र यसमा अटल रहन्छ। त्यसैले त प्रकृतिको यो स्वरुपलाई सबैले मन पराउँछन्।

समयानुसार आफूलाई परिवर्तन गर्दै मानिसलाई चल्न सिकाउनु प्रकृतिकै प्रारुप हो। सबै मानिस प्रकृतिको अनुपम छहारीमा जन्मिएर यसकै काखमा लडिबुडी गरेका छौँ। दुनियाँलाई लोभ्याउने सामर्थ्य भएको प्रकृति साँच्चिकै नामजत्तिकै सुन्दर छ। यही प्रकृतिको अनुपम छहारीमा हामी रमाउँछौँ, खेल्छौँ, हाँस्छौँ, बस्छौँ। तर प्रकृतिको संरक्षण गर्दैनौँ। गत असोजदेखि राम्रोसँग नेपालमा वर्षा हुन सकेको छैन। तर पनि प्रकृतिले आफ्नो समयसँगै परिवर्तन हुने कर्तव्य भुलेको छैन। प्रकृतिले मानवजाति झैँ आफ्नो कर्तव्य र जिम्मेवारी भुलेको भए के हुन्थ्यो?

त्यसैले पनि हामीले प्रकृतिको संरक्षण गर्न आवश्यक छ। हामी मानवजातिले पनि प्रकृतिझैँ आफ्नो जिम्मेवारी र कर्तव्य भुल्नु हुँदैन। आफ्ना हरेक सन्ततीलाई आफ्नो न्यानो र आनन्ददायी काखमा सजाइरहने प्रकृति साँच्चिकै महान् छ। हावाको बेगसँगै रमाउनुको आनन्द, सुसेली हाल्दै बयली खेल्नुको मजा तब न प्रकृतिको मजा छ। सारा दुःख भुलाउन सक्छु, तिमी मुसलधारे पानी परेका बेलामा अरुलाई शितलता प्रदान गर्छु, चराचुरुङ्गीको चिरबिर चिरबिर आवाजमा गुन्गुनाइरहन्छु, वसन्त ऋतुको आगमनसँगै ढकमक्क भएर फुल्छु, हरेक प्राणी जगतलाई आफ्नो सपना बुन्न सिकाउँछु तब न म प्रकृति हुँ। 

मैले आफ्ना कर्तव्य र जिम्मेवारी भुल्नु हुँदैन, ममाथि कुनै बज्रपात किन नपारेस् मैले फुल्न छाड्नु हुँदैन, मैले बग्न छाड्नु हुँदैन, मैले सुसाउन छोड्न हुँदैन, मैले मेरो कर्तव्य केही छोड्नु हुँदैन। मलाई काँडाले प्रहार गर्नेलाई पनि फूलले जवाफ फर्काउनुछ र सबैलाई आफूसँगै साथमा लैजानुछ।

आजको फोटो फिचरमा न्युज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका प्रकृतिका यी मनमोहक तस्बिर :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .