आज पुुुस १५, गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व धुमधामका साथ भनाइरहेका छन्।
नयाँ वर्षलाई स्वागत गर्ने दिनका रुपमा यो पर्व मनाउने गरिन्छ। ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। सोमबार मृग वर्षलाई विदा गरी मुसा वर्षलाई स्वागत गरिएको तमुल्होसार मूलआयोजक समितिले जनाएको छ।
तमु ल्होसारको अवशरमा गुरुङ समुदायले राजधानीमा विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गरेका छन्। मंगलबार बिहान नयाँ सडकबाट झाँकीसहित रत्नपार्क, सहिदगेट हुँदै टुंगिखेलसम्म -यालीको आयोजना गरिएको थियो। टुंडिखेलमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी समेत सहभागि थिइन्।
यसअघि ल्होसारको अवशरमा १३ गतेबाट विभिन्न खेलकुद प्रतियोगिताहरु पनि आयोजना गरिएका थि।
3
Shares

प्रतिक्रिया