कारोबार


जीडीपीमा पर्यटन क्षेत्रको योगदान १० प्रतिशत पुर्‍याइने

जीडीपीमा पर्यटन क्षेत्रको योगदान १० प्रतिशत पुर्‍याइने

नेपालखबर
पुस १५, २०७६ मंगलबार १०:४१,

संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान कम रहेको बताएका छन्।

नेपाल पर्यटन बोर्डको २१औं वार्षिकोत्सवका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान अत्यन्तै कम रहेको बताएका हुन्।

नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा पर्यटन क्षेत्रको योगदान ३ प्रतिशत मात्र रहन नहुने बताउँदै अबको १० वर्षमा कम्तीमा १० प्रतिशत पुर्‍याउने योजना सरकारको रहेको बताए।

उनले संघीय संरचनापछि सबैभन्दा धेरै फाइदा पर्यटन क्षेत्रलाई भएको बताउँदै पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि सरकारले विभिन्न योजनाहरु बनाएको समेत जानकारी दिए।

त्यस्तै मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष २०२० लाई पर्यटन क्षेत्रको विकासको अभियानको रुपमा लिनुपर्ने बताए। उनले यो अभियान १० वर्षसम्म चल्ने समेत बताए।

मन्त्री भट्टराईले पर्यटन क्षेत्रलाई नेपालमा सबैभन्दा बढी रोजगारी दिने क्षेत्रको रुपमा विकास गर्न सकिने समेत बताए।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले १० वर्षमा अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिने गरी पर्यटन क्षेत्रमा काम भइरहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad