गठबन्धन सरकारबाट बाहिरिएपछि गरेको पत्रकार सम्मेलनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सञ्चारमाध्यमका मालिक र केही सम्पादकहरुमाथि आक्रोश पोखेका छन्।
आफैं सञ्चारकर्मबाट राजनीतिमा छिरेका उनले आइतवार वसुन्धरास्थित पार्टी केन्द्रीय कार्यालयमा सयौँ पत्रकार र युट्युबरसामु आक्रोश पोखे।
व्यक्तिगत तहमा झरेर आलोचना र गाली गर्न तयार भएका रविले आफूलाई खेदो गरेको भन्दै कयौँ पत्रकारको नामै लिएर तितो पोखे।
आफूले नागरिकता प्रकरणमा गल्ती गरेको स्वीकारेका उनले राहदानी प्रकरणमा पनि १२ भाइ सम्पादक आफूलाई फसाउन लागिरहेको बताए।
त्यसक्रममा उनले केही पत्रकारहरुलाई जँड्याहाको समेत संज्ञा दिए। नेपाली पत्रकार जगतको चर्को आलोचनामा उत्रिएका उनले सेटिङमै पैसा लिएर समाचार लेख्ने गरेको समेत आरोप लगाए।
मिडिया मालिकहरुले प्रहरी हवलदारको सरुवामा पनि चासो देखाउने गरेको उनको जिकिर थियो। मिडियाको आडमा केही मालिकहरुले ठूला कम्पनीको सेयर हत्याएको दाबी गर्दै आफैंसँग काम गरेका रमेश प्रसाई र युवराज कँडेलको मात्रै प्रसंशा गरे।
त्यही पत्रकार सम्मेलनका क्रममा आक्रोशित रविका १५ तस्बिर हामीले यहाँ प्रस्तुत गरेका छौँ।
प्रतिक्रिया