ad ad

फोटोफिचर


सेती खोंचमा खस्यो यतिको जहाज, यस्तो छ दुर्घटनास्थल (तस्बिरहरु)


नेपालखबर
माघ १, २०७९ आइतबार ११:५५, काठमाडौँ

यति एयरलाइन्सको एटीआर जहाज पोखरास्थित  पुरानो र नयाँ एयरपोर्टबीचको खोँचमा खसेर दुर्घटना भएको खुलेको छ।

काठमाडौंबाट पोखराका लागि उडेको ९एन-एनसी एटीआर७२ जहाज नयाँ अन्तर्राष्ट्रिय एयरपोर्टमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो।

'पहिलेको एयरपोर्ट र अहिलेको नयाँ अन्तर्राष्ट्रिय एयरपोर्टबीचमा अवस्थित सेती किनारमा खसेर जहाज दुर्घटना भएको हो', यतिका प्रवक्ता सुदर्शन बर्तौलाले नेपालखबरसँग भने। 

उनका अनुसार जहाजमा यात्रु ६८ जना र चार जना चालक दलका सदस्य थिए। अहिले घटनास्थलमा उद्धारकार्य जारी छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .