फोटोफिचर


रुपन्देहीमा सुरु भयो नेपाल-भारत संयुक्त सैन्य अभ्यास (तस्बिरहरु)


नेपालखबर
पुस १, २०७९ शुक्रबार १३:२५, काठमाडौँ

नेपाली सेना र भारतीय सेना संलग्न संयुक्त सैन्य अभ्यास 'सूर्य किरण' रुपन्देहीको सालझण्डीमा शुक्रबारदेखि सुरु भएको छ।

सूर्य किरण सैन्य अभ्यासको १६ औँ संस्करण मध्य पश्चिम पृतना हेड क्वार्टरकापृतनापति उपरथी याम प्रसाद ढकालले एक विशेष कार्यक्रमबीच शुभारम्भ गरे। 

विपद् व्यवस्थापनको समयमा उद्दार र स्वास्थ्य उपचार लगायत प्रतिविद्रोह तथा प्रतिआतंकवाद जस्ता विषयहरु समावेश गरी यो सैन्य अभ्यास सुरु भएको हो। 

यो अभ्यासमा नेपाली सेनाबाट प्रमुख सेनानी विमल कुमार वाग्लेको नेतृत्वमा ३३४ जना र भारतीय सेनाबाट कर्णेल हिमांशु बाहुगुनाको नेतृत्वमा ३३४ जना सहभागी  छन्। 

संयुक्त अभ्यास आगामी पुस १४ गते सम्पन्न हुनेछ। यसअघि नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास सूर्य किरणको पन्ध्रौं संस्करण भारतको पिथौरागढमा सम्पन्न भएको थियो। 

२०६७ सालबाट नेपाल र भारतमा वार्षिक रुपमा आलोपालो गरि सञ्चालन हुँदै आएको संयुक्त अभ्यास हालसम्म दुवै देशमा १५ पटक सञ्चालन भइसकेको छ। 

संयुक्त सैन्य अभ्यासमा फौजहरुले प्रतिव्रिदोह तथा प्रतिआतंकवाद लगायत जंगलमा गर्नुपर्ने युद्धकला र विपद् व्यवस्थापन सम्बन्धि सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रुपमा सिकाइँदैछ। 

यस अभ्यासमा नेपाली सेना र भारतीय सेनाको सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरुको आदान प्रदान हुने नेपाली सेनाले जनाएको छ। 

यस अभ्यासले दुई देशबीचको मैत्रीपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ बनाउने र दुवै देशका सेनाबीच आपसी समझदारीमा अभिवृद्धि हुने विश्वास नेपाली सेनाले लिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad