प्रमुख प्रतिपक्ष नेकपा एमालेले दार्चुलाबाट चुनावी प्रचारप्रसार अभियान सुरु गरेको छ।
शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले दार्चुलाको खलंगामा आयोजित जनसभालाई सम्बोधन गरी राष्ट्रव्यापी चुनावी यात्राको आरम्भ गरे।
एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार अध्यक्ष ओलीले आजै बैतडी र कञ्चनपुरमा आयोजित सभालाई पनि सम्बोधन गर्नेछन्।
चुनावी अभियानका क्रममा ओली ४० वटा जिल्लामा पुग्ने कार्यक्रम रहेको एमालेले जनाएको छ।
आगामी मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन हुँदै छ।






204
Shares

प्रतिक्रिया