संविधान दिवसका उपलक्ष्यमा नेकपा एमालेले आज (असोज १) काठमाडौंमा वाकाथन (पैदलयात्रा) आयोजना गरेको छ।
संविधान दिवस असोज ३ गते भए पनि यस अवसरमा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा आज वाकाथन (प्रभात भ्रमण) आयोजना भएको हो।
विभिन्न पाँचवटा मुख्य चोकबाट वसन्तपुरसम्म भएको वाकाथन एमाले अध्यक्ष केपी शर्मा ओली, पत्नि राधिका शाक्य लगायतका नेताहरु उपस्थित छन्।
वाकाथनको नेतृत्व ओली आफैंले गरेका छन्। पदयात्रा बिहान ७ बजेबाट उपत्यकाका बानेश्वर, मैतिदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोलबाट सुरू भएको हो।
भिडिओः
तस्बिरहरु:
933
Shares
प्रतिक्रिया