काठमाडौंमा टहलिनको लागि खुला ठाउँको अभाव छ। उपत्यका भित्र यस्ता सायदै ठाउँ होलान् जहाँ केही समयका लागि टहलिन मिल्ने ठाउँ छन्।
काठमाडौं बस्तीहरुले भरिएको शहर हो। मानिसको भीड र अव्यवस्थित बसोवास। जसका कारण खालि ठाउँ प्रायः शुन्य छ।
खुला ठाउँको अभाव काठमाडौं उपत्यकाभर नै छ। यसको मुद्दा बेलाबेलामा नउठेको पनि होइन।
तर समस्या पनि ज्यूँ का त्यूँ छ। खालि ठाउँ हुनुपर्छ भन्ने पाठ त हामीलाई वि.सं. २०७२ सालको भूकम्पले पनि सिकाएर गएको छ। तर गएको कुराको वास्ता गरेको सम्बन्धित पक्षबाट पाइँदैछ।
काठमाडौं उपत्यकामा खुला ठाउँ नभएका होइनन् तर बिस्तारै हराउँदै र मेटिँदै गएका छन्। खुला ठाउँ कसले गायब बनायो यो सोधको विषय बन्नसक्छ। टुँडिखेल, रत्नपार्क, तीनकुनेको घाँसे मैदान, सिफल चौर, पुल्चोकको मद स्मारक, पशुपति मन्दिर परिसर, लगनखेलको सप्तपाल पोखरी, गोदावरीस्थित बोटानिकल गार्डेन, भृकुटीमण्डप स्थित टहरा, चापागाँउको बज्रवाराही क्षेत्र खुला ठाउँ थिए।
तर आज यी कुनैपनि ठाउँ खुला छैनन्। अतिक्रमण, व्यवसायिक प्रयोजकनले सबै खुला ठाउँ मासिएका छन्।
बालबालिकालाई रमाउन, वृद्धवृद्धाका लागि टहलिन र युवापिढीका लागि थकान मेटाउने यस्ता ठाउँको अभाव दिनप्रतिदिन मेटिँदै छ।
न्युज एजेन्सी नेपालले राजधानीका विभिन्न ठाउँमा पुगेर कैद गरेका केही तस्बिरः
Shares
प्रतिक्रिया