आगामी भदौ २१ देखि असोज ३ गतेसम्म हुने साफ च्याम्पियनसिपका लागि तयारी अन्तिम चरणमा पुगेको छ।
नेपालले दोस्रो पटक साफ आयोजना गर्न लागेको हो।
घरेलु मैदानमा हुने साफ महिला च्याम्पियनसिप आयोजना गर्न तीन करोड ४७ लाख ६८ हजार ६ सय ८० रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार पत्रकार सम्मेलन गर्दै तयारी अन्तिम चरणमा पुगेको बताएको छ।
दशरथ रंगशालामा दर्शक बस्ने ठाउँदेखि खेलाडीका लागि आवश्यक सम्पूर्ण तयारी सकिएको आयोजकले बताएको हो।
साफ च्याम्पियनसिपका लागि पाकिस्तान र भुटानको टोली नेपाल आइसकेको छ। साविक विजेता भारत र मालदिभ्सको टोली भोलि नेपाल आइपुग्नेछन्।
बाँकी रहेका बंगलादेश र श्रीलंकाको टोली पर्सि नेपाल आइपुग्नेछ।
दशरथ रंगशालामा साफ च्याम्पियसिपका लागि हुँदै गरेको तयारीका तस्बिरहरुः
Shares
प्रतिक्रिया