नेपालले शनिबार दशरथ रंगशालामा सम्पन्न खेलमा २–१ को जित निकालेको हो।
खेलमा पुनरागमन गर्दै नेपाल जित निकाल्न सफल भएको हो। माल्दिभ्सले खेलको १८ औं मिनेटमा इब्राहिम हुसेनको गोलबाट सुरुवाती गोलको अग्रता लिएको थियो।
तर नेपालले खेलको ४३ औं मिनेटमा बराबरी गोल फर्कायो। अभिषेक रिजालले आकर्षक गोलगर्दै बराबरी गोल फर्काएका थिए।
खेलको ५२ औं मिनेटमा अनन्त तामाङले नेपालका लागि दोस्रो गोल गरेपछि नेपालले अग्रता बनाएको थियो।
अन्तत: अनन्तको गोल नै खेलमा निर्णायक सावित भयो। यस जितसँगै नेपाल फाइनल नजिक पुगेको छ।


















प्रतिक्रिया