फोटोफिचर


साफमा इतिहास रचेर आइपुग्यो राष्ट्रिय फुटबल टोली (फोटो फिचर)


विक्रम राई
कात्तिक १

साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा पहिलोपटक फाइनलमा पुगेर इतिहास रचेको नेपाली राष्ट्रिय फुटबल टोली सोमबार स्वदेश फर्किएको छ। 

टोली आज बिहान हवाईजहाजबाट त्रिभुवन विमानस्थलमा ओर्लेको हो। 

साफको २८ वर्षे इतिहासमा नेपाल पहिलोपटक फाइनलमा पुगेको हो। तर फाइनलमा भारतसँग ३–० ले हारेपछि उपाधिको इतिहास रच्न नेपाल असफल भयो। 

–​फाइनलमा भारतसँग कहाँ चुक्यो नेपाल?

साफ च्याम्पियनसिपका लागि नेपाली टोली गत भदौ २५ गते कतार गएको थियो। कतारमा मैत्रीपूर्ण खेल र अभ्यासपछि टोली असोज ११ गते मालदिभ्स पुगेको थियो। 

साफ च्याम्पियनसिपमा नेपालले पहिलोपटक लगातार दुई खेल जितेको थियो।

नेपालले पहिलो खेलमा माल्दिभ्सलाई १–० र दोस्रो खेलमा श्रीलंकालाई ३–२ ले हराएको थियो। 

तेस्रो खेलमा भने भारतसँगै १–० ले हारेको नेपाली टोलीले लिग चरणको अन्तिम खेलमा बंगलादेशलाई १–१ को बराबरीमा रोक्दै पहिलोपटक साफको फाइनलमा पुगेको थियो।

अहिले स्वदेश फर्किएकाे फुटबल टोलीमा मुख्य प्रशिक्षक अब्ब्दुल्लाह अलमुताइरी र रोहित चन्द भने छैनन्।  मुख्य प्रशिक्षक अलमुताईरीले बगंलादेशसँगको खेलपछि नै नेपाल नर्फिकने भन्दै राजीनामा दिएका थिए भने इन्डोनेसियामा व्यावसायिक लिग खेलिरहेका रोहित उतैबाट जकार्ता गएका हुन्। 

तर साफको फाइनलपछि अलमुताईरीले आफूलाई केही समयको विश्राम चाहिएको भन्दै पछि मात्रै यस विषयमा निर्णय लिने बताएका छन्।

कात्तिक १, २०७८, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .