भारतले माल्दिभ्समा शनिबार राति सम्पन्न फाइनलमा नेपाललाई ३-० गोलअन्तरले पराजित गर्दै दक्षिण एसियाली फुटबल(साफ)च्याम्पियनसिपको उपाधि जित्यो।
योसँगै साफको ३ दशक लामो इतिहासमा पहिलो पटक यति नजिक पुगेर पनि उपाधि उचाल्ने नेपाली सपना चकनाचुर भएको छ।
साफको सुरुवातबाट नै उपाधिमाथि बलियो दाबेदारी प्रस्तुत गरेको पराजित भएसँगै उपविजेतामा सीमित बनेको छ। उता भारतले भने आठौँ पटक साफको उपाधि उचालेको हो।
माल्दिभ्सको मालेस्थित नेशनल स्टेडियममा भएको खेलमा नेपाल भारतसँग ३–० को गोल अन्तरले पराजित भयो।
पहिलो हाफमा गोलरहित बराबरी गरेको नेपालले दोस्रो हाफमा नेपालले तीन गोल ब्यहोर्यो।
दोस्रो हाफको सुरुवातमै लगातार दुई गोल ब्यहोरेपछि दबाबमा आएको नेपालले केही राम्रो मुभ बनाएपनि भारतको रक्षापंक्ती तोड्न सकेन।
४८औं मिनेटमा भारतका कप्तान सुनिल क्षेत्रीले हेडर गोल गर्दै भारतलाई अग्रता दिलाए।
लगत्तै २ मिनेटपछि सुरेश सिंहले डी बक्सभित्रबाट गोल गर्दै भारतको अग्रता दोब्बर पारे।
यस्तै अतिरिक्त समयमा सहल अहमदले गोल गर्दै भारतको जित पक्का गरे।
साफको लिग चरणको दुई खेलमा पहेँलो कार्ड पाएपछि फाइनलमा मुख्य प्रशिक्षक अब्दुलाह अलमुताइरी र लगातार पँहेलो कार्ड पाएका मुख्य फरवार्ड अन्जन विष्ट दर्शक दीर्घामा सीमित रहँदा नेपालले पूनरागमन गर्न सकेन।
नेपालले दक्षिण एशियाली देशहरुमाथि जित निकालेपनि भारतसँग भने कमजोर प्रर्दशन गर्दै आइरहेको छ। दक्षिण एशियामा भारत बलियो टोली हो।
नेपाल र भारतबीच हालसम्म २३ खेलमा भेट भएको छ। यी भेटमा १६ खेलमा नेपालले जित निकालेको छ भने ६ खेल बराबरीमा सकिएको छ। २ खेलमा मात्र नेपालले जित निकालेको छ।
साफ च्याम्पियनसिपमा भने यी दुई टोलीबीच आठौँ पटक भेट भएको छ। साफमा भएको यी भेटमा ७ पटक भारतले जित निकालेको छ। नेपालले एक खेलमा मात्रै जित निकाल्न सकेको छ।
साफमा नेपालले पहिलो पटक सन् २०१३ मा घरेलु मैदानमा भएको साफ च्याम्पियनसिपमा भारतमाथि २–१ को जित निकालेको थियो। साफमा नेपालले भारतमाथि निकालेको त्यो नै पहिलो जित हो।
नेपाल र भारतबीच पहिलो पटक सन् १९८५ मा तत्कालिन दक्षिण एसियाली महासंघिय खेलकुद (साग) र हालको दक्षिण एसियाली खेलकुद (साग) को पहिलो संस्करणमा भेट भएको थियो।
नेपाल र भारतबीच पहिलो अन्तर्राष्ट्रिय खेल भएको थियो । त्यो खेल गोलरहित बराबरी खेलेको थियो। छैटौं सागमा भारतलाई हराएर नेपालले स्वर्ण पदक विजेता बनेको थियो। निर्धारित समयमा २–२ को बराबरी भएपछि पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै नेपालले स्वर्ण पदक जितेको थियो।
साफ च्याम्पियनसिपमा भारतविरुद्ध नेपालका ४ खेलाडीले मात्रै गोल गरेका छन्। सन् २००५ मा भारतसँग २–१ ले पराजित हुँदा नेपालका वसन्त थापाले गोल गरेका थिए।
२०१३ मा घरलु मैदानमा भएको खेलमा भारतलाई २–१ ले हराउँदा नेपालका लागि अनिल गुरुङ र जुमानु राईले गोल गरेका थिए। त्यस्तै २०१५ मा भएको खेलमा नेपालका लागि विमल घर्तिमगरले गोल गरेका थिए। त्यसयता नेपालका कुनै खेलाडीले पनि साफमा भारतविरुद्ध गोल गर्न सकेका छैनन्।
यो पटक साफको उपाधि दावेदारको रुपमा हेरिएको नेपालले पहिलो पटक फाइनलमा पुगेर किर्तिमान भने कायम गरेको छ। किनकी साफको ३० वर्षे इतिहासमा नेपाली टोली अहिलेसम्म साफको फाइनलमा पुग्न सकेको थिएन।
नेपालले पहिलो खेलमा आयोजक माल्दिभ्सलाई १–० ले तथा दोस्रो खेलमा श्रीलंकालाई ३–२ ले हराएको थियो। लिग चरणको तेस्रो खेलमा भारतसँग १–० ले पराजित भएको नेपालले अन्तिम खेलमा बगंलादेशलाई एक एक गोलको बराबरीमा रोक्दै उपाधि नजिक पुगेको थियो।
Shares
प्रतिक्रिया