छापा खबर


नेपालीले गरेको आतिथ्यप्रति सीले दिए यस्तो प्रतिक्रिया

नेपालीले गरेको आतिथ्यप्रति सीले दिए यस्तो प्रतिक्रिया

नेपालखबर
असोज २८, २०७६ मंगलबार ०:४६,

चिनियाँ राष्ट्रपति सी चिनफिङ राजकीय भोजमा आतिथ्य पूरा गरेर शनिबार राति १०ः३० बजे होटल सोल्टीको विशिष्ट शयनकक्षमा पुगिसकेका थिए।

भ्रमणको थकान र कार्यतालिकाको चटारो भए पनि सीले आफ्ना शिष्टाचार महापालमार्फत् नेपाल नेपालीलाई मध्यरातमै सन्देश पठाउन चाहे।

राष्ट्रपति सीसँगै आएका चिनियाँ विदेश मन्त्रालयका चिफ अफ प्रोटोकल होङ लीले त्यो सन्देश बोकेर आएका थिए, नेपाली समकक्षीका छेउ।

परराष्ट्रका प्रमुख शिस्टाचार महापाल गेहेन्द्र राजभण्डारीलाई नजिकै बोलाएर लीले भने, ‘नेपाल र नेपाली जनताले आफूमाथि देखाएको सद्भाव र आतिथ्यले आफू आल्हादित भएको महामहिम राष्ट्रपति सीको सन्देश छ।’

‘एयरपोट, बाटोमा सबैतिर फूलका गुच्छाले गरिएको स्वागत र सद्भावले म प्रफुल्लित बनेको छु। नेपाल र नेपालीको यस्तो आतिथ्य मेरा लागि ऐतिहासिक छ,’ सीले भनेका छन्। यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

त्यतिमात्रै होइन, यो आतिथ्य र हार्दिकताको सन्देशलाई चिनियाँ जनतामाझ पुर्याउन पनि राष्ट्रपति सीले काठमाडौँ आएका सम्पूर्ण चिनियाँ सञ्चारकर्मीलाई समेत आग्रह गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad