चीनका राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणका क्रममा नयाँ सन्देश दिएर फर्किएका छन्।
उनले ऐतिहासिक भ्रमणका क्रममा चीनको कुनै पनि भागलाई विभाजन गर्न प्रयास गर्ने व्यक्तिको हड्डी धुलो बनाइदिने चेतावनी दिएको चिनियाँ सीसीटीभीले उल्लेख गरेको छ।
चीन विभाजनलाई समर्थन गर्ने र त्यस्तो सोच्ने कुनै पनि बाह्य शक्तिको त्यो सोच भ्रम (पाइप ड्रिमिङ) मात्रै हुने सीले बताएको चीनको ग्लोबल टाइम्सले जनाएको छ।
नेपालको दुई दिने राजकीय भ्रमणका क्रममा सीले त्यस्तो चेतावनीयुक्त अभिव्यक्ति दिएको चर्चा ग्लोबल टाइम्सले उल्लेख गरेको छ।यो खबर आजको राजधानी दैनिकले छापेको छ।
नेपालको सो चेतावनीलाई अर्थपूर्णरूपमा हेरिएको बीबीसले उल्लेख गरेको छ।

प्रतिक्रिया