बलात्कार प्रयास अभियोगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको स्वास्थ्यमा समस्या देखिएपछि उनको बयान लिने काम अवरुद्ध भएको छ।
प्रहरीले सरकारी वकिलको कार्यालयमा उपस्थित गराई बयान लिनुअघि उनीसँग कुराकानी गरेको थियो। त्यसलगत्तै महराले छाती दुखेको बताएपछि बिहीबारदेखि उनी नर्भिक अस्पतालमा छन्। यो खबर आजको कान्तिपुरबाट लिएका हौं।
हाम्रै अगाडि बयान लिनुअघि सामान्य कुराकानी भएको हो, बयान लिन थाल्नै लाग्दा उहाँले स्वास्थ्यमा समस्या भएको बताउनुभयो। अस्पताल भर्नाभएपछि बयान हुने कुरै भएन,’ एक सरकारी वकिलले भने, ‘अब आइतबारसम्म सार्वजनिक बिदा परेकाले त्यसपछि मात्रै बयान होला।’

प्रतिक्रिया