कांग्रेसले वर्तमान सरकारको कामकारबाहीको विषयमा खबरदारी गर्न छाया सरकार गठन गरेको चार महिना बित्यो। तर, अहिलेसम्म एक पटक पनि बैठक बस्न सकेको छैन।
कांग्रेस सभापति शेरबहादुर देउवाले समय नदिँदा छाया मन्त्री नै अलमलमा रहेका खबर आजको नयाँ पत्रिका दैनिकमा रमेश दवाडीले लेखेका छन्।
छाया सरकारकी स्वास्थ्य तथा जनसंख्यामन्त्री पार्वती डिसी बैठक नै नबस्दा मन्त्रीहरु अलमलमा परेको बताउँछिन्।
‘सरकार गठन भएको चारमहिना बित्दा एकपटक पनि बैठक बसेको छैन। छाया सरकारका प्रधानमन्त्रीले अहिलेसम्म बैठक बोलाउनु भएको छैन। प्रगतिविवरण बुझाउने मितिसमेत नतोकिँदा मन्त्रीहरु अलमलमा छौँ,’ उनले भनिन्।
3
Shares
प्रतिक्रिया