ad ad

छापा खबर


हरियो तरकारीको मूल्य २० दिनमै २८९ प्रतिशत वढ्यो, कुन तरकारीको मूल्य कति?

हरियो तरकारीको मूल्य २० दिनमै २८९ प्रतिशत वढ्यो, कुन तरकारीको मूल्य कति?

नेपालखबर
असोज ११, २०७६ शनिबार ०:३१,

चाडपर्व नजिकिएसँगै तरकारीको मूल्य अचाक्ली बढेको छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार २० दिनमा होलसेल मूल्य नै २ सय ८९ प्रतिशतसम्म बृद्धि भएको छ।

व्यवसायीले वर्षा र भारतमा मूल्यवृद्धि भएको काराण देखाउँदै तरकारीको मूल्य अस्वाभाविक रुपमा बढाएका खबर आजको कान्तिपुर दैनिकमा राजु चौधरीले लेखेका छन्।

समितिका सूचना अधिकारी विनय श्रेष्ठले वर्षाको कारण हरियो सागमा क्षति पुगेर महंगो भएको बताए।

तर मूल्यवृद्धि हरियो सागमा मात्र नभएर अधिकांश तरकारीमा भएको छ।

भदौ गते ४५ रुपैयाँमा बिक्री भएको भेडे खोर्सानीको मूल्य असोज १० मा २ सय ८९ प्रतिशत बढेर होलसेलमै एक सय ७५ रुपैयाँ पुगेको छ।

त्यसैगरी प्रतिकेजी ३० को तने बोडी ९८ रुपैयाँ, ५५ को रायोको साग १४५, मकै बोडी ३८ बाट बढेर ९८, तिते करेला ३३ बाट बढेर ८५, घिउ सिमी ४० बाट बढेर ९५, भन्टा ३५ बाट बढेर ७८, हरियो प्याज ५५ बाट बढेर ११५, हरियो खोर्सानी ७८ बाट बढेर १३५, घिरौँला ३३ बाट बढेर ५८, प्याज सुकेको ५९ बाट बढेर ९४, रातो आलु ४१ बाट बढेर ६२ रुपैयाँ प्रति किलो पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .