छापा खबर


पानीजहाज प्रधानमन्त्रीको हल्लामात्रै ! यस्तो छ कार्यालयको हालत

पानीजहाज प्रधानमन्त्रीको हल्लामात्रै ! यस्तो छ कार्यालयको हालत

नेपालखबर
असोज १, २०७६ बुधबार ०:२८,

प्रधानमन्त्री केपी ओलीले पटक पटक आफ्नो सपनाको रुपमा अथ्र्याउँदै प्रमुख प्राथमिकतामा राखेको पानीजहाज आयोजना सञ्चालन गर्ने कार्यालय नै एक महिनादेखि नेतृत्वविहीन बनेको छ।

तर, पानीजहाज कार्यालयमा नयाँ नेतृत्व नियुक्त हुनुको सट्टा भएका अर्का ईन्जिनियर पनि सरुवा गरिएका खबर आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन्।

गत २ फागुनमा प्रधानमन्त्रीले तामझामकासाथ उद्घाटन गरेको पानीजहाज कार्यालय हाँक्न तीन ईन्जिनियर नियुक्त गरिएका थिए।

उनीहरुको सहयोगका लागि थप १३ दरबन्दी राखेर कर्मचारी खटाइएका थिए।

प्रमुखको रुपमा नियुक्त मेकानिकल ईन्जिनियर ऋषिराज कोइरालाले ३२ साउनमा अनिवार्य अवकाश लिएपछि नयाँ नेतृत्व नियुक्त गरिएको छैन।

बरु शाखा अधिकृत तहका अर्का इन्जिनियर सन्दीपा राईलाई पनि उर्जा मन्त्रालयमा सरुवा गरिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad