छापा खबर


दूधको मूल्य ६ रुपैयाँ बढेको भए पनि बजारमा यसरी हुँदैछ ठगी

दूधको मूल्य ६ रुपैयाँ बढेको भए पनि बजारमा यसरी हुँदैछ ठगी

नेपालखबर
असोज १, २०७६ बुधबार ०:४३,

किसानले दूधको मूल्य नपाएको केन्द्रीय दुग्ध सहकारी संघ, डेरी उद्योग संघ र नेपाल डेरी एसोसिएसनको गुनासोपछि सरकारले दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाउन सिफारिस ग¥यो।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सिफारिसमा दुग्ध विकास संस्थान (डीडीसी) ले पनि भदौ २१ गतेदेखि मूल्य बढाउने निर्णय ग¥यो। डीडीसीले प्रशोधित दूध (प्याकेट) आधा लिटरको ३ रुपैयाँ बढाए पनि बजारमा भने ५ रुपैयाँ थपेर बिक्री भइरहेको छ। यो खबर आजको कान्तिपुरमा राजु चौधरीले लेखेका हुन्।

मूल्यवृद्धि गर्नुअघि प्याकेट दूध (आधा लिटर) को मूल्य ३५ रुपैयाँ थियो। डीडीसीले ३५ रुपैयाँबाट ३ रुपैयाँ बढाएर ३८ रुपैयाँ पु¥यायो। केही खुद्रा व्यापारीले भने ४० रुपैयाँमा बिक्री गरिरहेको छ।

‘सरकारले तोकेको रेटमा २ रुपैयाँ बढाएर बिक्री भएको छ। एक लिटर खरिद गर्दा उपभोक्ता थप ४ रुपैयाँ तिर्न बाध्य छन्,’ उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने, ‘यो सरासर ठगी हो। कृषि मन्त्रालय र डीडीसीका कारण उपभोक्ताहरू मूल्यसँगै गुणस्तरमा पनि ठगिएका छन्।’ सरकारले एक लिटरमा ६ रुपैयाँ बढाए पनि उपभोक्ता १० रुपैयाँ तिर्न बाध्य छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad