छापा खबर


गृहमन्त्रीका भाइसहित पक्राउ : यसरी बुनिँदै थियो जेलभित्रै फिरौती योजना

गृहमन्त्रीका भाइसहित पक्राउ : यसरी बुनिँदै थियो जेलभित्रै फिरौती योजना

नेपालखबर
भदौ २७, २०७६ शुक्रबार ०:५३,

फिरौती संकलनको आरोपमा पक्राउ परेका गृहमन्त्री रामबहादुुर थापाको भाइ नरेशसहित ७ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा बिहीबार बयान सुरु भएको छ।

ब्युरो स्रोतका अनुसार पक्राउ परेकामा नरेशसहित स्युचाटारका पवन खड्का, इचंगुनारायणका सुरेन नगरकोटी, भेडासिंहका शैलेश प्रजापति, नागार्जुनका विनोद लामा, वीरबल भट्टराई, मनबहादुर पुनमागर छन्।

स्रोतका अनुसार वीरबलले समीरमकानका निम्ति ‘सेटिङ’ मा मोबाइल फोन कारागारभित्र पुर्याउन सघाएका थिए। पत्राmउ परेका एक जनाले ५ हजार रुपैयाँ दिने सर्तमा वीरबललले मोबाइल जेलभित्र पुर्याउन भूमिका खेलेको बयान दिएका छन्। समीरमानले सुरुमा पवन र सुरेनलाई उपयोग गर्दै झन्डै ८६ जना व्यापारी–व्यवसायीसँग फिरौती असुल्ने योजना बनाएका थिए। यो खबर आजको कान्तिपुरमा जनकराज सापकोटाले लेखेका छन्।

साउन अन्तिम साता पक्राउ परेका पवन र सुरनेले व्यवसायी, निजी विद्यालय सञ्चालक, उद्योगी र व्यापारीलाई फोन गरेर रकम मागेको बुझिन्छ। रकम असुल्ने समीरमानकै अगुवाइमा पवन र दुबई रहेका जावेद अनवरदिनले योजना बनाएका थिए। उक्त योजनामा पछि शैलेश, वीरबल हुँदै गृहमन्त्रीका भाई नरेश पनि जोडिएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad