सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा वरिष्ठ हाडजोर्नी विशेषज्ञ प्रा.डा. श्रीकृष्ण गिरीलाई नियुक्त गरेको छ।
बिहीबारको मन्त्रिपरिषद् बैठकले गिरीलाई आयोग उपाध्यक्ष नियुक्त गरेको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिए। यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।
गिरी हाल राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत छन् । नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रार र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को रेक्टरको जिम्मेवारीसमेत सम्हालिसकेका गिरी चिकित्सा शिक्षा ऐनअनुसार शुल्क निर्धारण समितिको सदस्यसमेत थिए ।
सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष सिफारिसका लागि लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको नेतृत्वमा समिति गठन गरेको थियो।
समितिले २९ साउनमा गिरीसँगै डा. सुरेन्द्र शेरचन र डा. शम्भु पहाडीको नाम शिक्षा मन्त्रालयमा सिफारिस गरेको थियो । सुरुमा उपाध्यक्षका लागि ११ आवेदन परेको थियो । दुईजनाको आवेदन रद्द भयो । अन्तर्वार्तापछि गिरी, शेरचन र पहाडी सर्टलिस्टमा छानिएका थिए।
नव नियुक्त उपाध्यक्ष श्रीकृष्ण गिरी मेडिकल शिक्षामा देखिएको विकृति हटाउने बताएका छन्।
Shares

प्रतिक्रिया