एन आई सी एशिया बैंकको नयाँ शाखा बैतडीको पाटनमा सञ्चालनमा आएको छ। बैतडी जिल्ला, पाटन नगरपालिका वडा नं ६ स्थित पाटन शाखा यही भाद्र २६ गतेदेखि सञ्चालनमा आएको हो।
बैंकले सञ्चालनमा ल्याएको यस पाटन शाखाकोे समुद्घाटन पाटन नगरपालिकाका मेयर केशव बहादुर चन्दले गरे।
पाटन शाखा सञ्चालनमा आएसँगै बैतडी क्षेत्रका ग्राहक महानुभावहरुलाई यस बैंकको सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ।
प्रतिक्रिया