वीरगञ्जमा शुक्रबार कक्षा ९ मा अध्ययनरत मुस्कान खातुनमाथि भएको एसिड आक्रमणले चार वर्षअघि काठमाडौँ, बसन्तपुरमा भएको यस्तै घटना सम्झाइदिएको छ।
०७१ फागुन १० गते ट्युसन सेन्टर जाँदै गरेका सीमा बस्नेत र संगीता मगरमाथि एकाबिहानै जीवन विकले एसिड छ्यापेका थिए।
संगिताले प्रेम अस्विकार गरेको प्रतिशोध साध्न जीवनले एसिड किनेका थिए।
यी दुबै घटनाको समानता भनेको कलिलो उमेरको प्रेम आकर्षण र त्यो अस्विकार हुँदाको प्रतिक्रिया नै हो।
असअघिका यस्ता घटना पनि प्रेमकै प्रतिशोधमा भएका देखिन्छन्। यो खबर आजको कान्तिपुर दैनिकमा जनकराज सापकोटाले लेखेका छन्।
गत जेठ पहिलो साता कालोपुलमा डेरा गरी बस्ने २० वर्षीया जेनी खड्कामाथि एसिड प्रहार भयो।
खड्कामाथि उनकै पति विकास भनिने विष्णु भुजेलले एसिड हानेका थिए।
यस्ता घटनामा अधिकांश कलिला किशोरी निसानामा पर्ने गरेका छन्।
०५७ असोज पहिलो साता ५० वर्षीय रामबाबु पासवानले तेब्बर कम उमेरकी सम्झनाकुमारी दासमाथि एसिड छ्यापेका थिए।
रौतहट, चन्द्रनिगहापुर- ६ की १८ वर्षीया दासको कीर्तिपुरस्थित बर्न सेन्टरमा उपचार क्रममा मृत्यु भएको थियो।
दासले रामबाबुको प्रेम प्रस्ताव अस्विकार गरेकी थिइन्।

प्रतिक्रिया