छापा खबर


मन मिल्दा अश्लील भिडियो खिचियो, अहिले कक्षा ११ की छात्रालाई यस्तो आपत्

मन मिल्दा अश्लील भिडियो खिचियो, अहिले कक्षा ११ की छात्रालाई यस्तो आपत्

नेपालखबर
भदौ २१, २०७६ शनिबार ०:३५,

महानगरीय अपराध महाशाखामा गत साता उजुरी लिएर एक किशोरी पुगिन्। लिभिङ टुगेदरमा बसेका युवाले पुराना भिडियोका आधारमा ‘ब्ल्याक मेलिङ’ गरिरहेको उनले सुनाइन्।

उनी ११ कक्षामा अध्ययनरत छिन्। फेसबुकमा भेटिएका युवासँग उनेका प्रेम बस्यो। तिनै युवाले अश्लील भिडियो सार्वजनिक गर्ने धम्की दिए। किशोरीको उजुरीपछि प्रहरीले ती युवालाई पक्राउ गरेर ल्यायो।

‘हामीले सहमतिमै भिडियो खिचेका हौं,’ उनले बयानमा भने, ‘मसँग रिलेसन राख्न नचाहेपछि त्यसलाई बाहिर ल्याउने धम्की दिएको हुँ।’

ख्याख्यलमै भिडियो खिचे। घटनाले ठूलो रूप लिएपछि किशोरी डिप्रेसनमा गएकी छन्। यो खबर आजको अन्नपूर्ण पाेस्टमा सुवास गोतामेले लेखेका छन्।

परिवारले उनलाई मनोपरामर्श दिएर राखेको छ।

कीर्तिपुरमा डेरा बस्ने एक किशोरी र ठमेलको डान्सबारमा काम गर्ने युवकबीच फेसबुकमा चिनजान भयो। किशोरीको इच्छा डान्सर बन्ने थियो। युवकले आफ्नै डान्सबारमा काम गर्न सुझाए । राति मात्रै डान्सबारमा काम गर्नुपर्ने हुँदा किशोरीलाई घर पुर्‍याउनुपर्ने समस्या आयो । झन्डै तीन महिना रिलेसनसिपमा बसेपछि खटपट सुरु भयो । कारण थियो– फेसबुकमा केटी साथीसँग युवकको च्याटिङ।

‘मलाई यौनसम्बन्धका लागि मात्रै उसले प्रयोग गर्‍यो’, महाशाखाका एसपी सुशीलसिंह राठौरसमक्ष गत साता किशोरी भन्दै थिइन्, ‘यसका त धेरै केटी रहेछन् । म विवाह गर्ने योजनाअनुसार रिलेसनमा बसेकी थिएँ तर अब बस्दिनँ।’ उनको कुरा सुनेपछि युवकले जवाफ फर्काए, ‘मलाई यसले आफ्नो जात ढाँटी । परिवारलाई सम्झाउँछु भन्दा पनि मसँग निहुँ खोज्छे।’

प्रहरीमा पुग्नुअघि ती युवक र किशोरी छुट्टै बस्न थालेका थिए । अचानक एक दिन युवकले किशोरीको मोबाइलमा अश्लील फोटो पठाए । १६ वर्षकी ती किशोरीले जबर्जस्ती करणी र साइबर अपराधमा मुद्दा दिएकी छन्।

नुवाकोटका विवाहित युवाले काठमाडौंकी युवतीसँग फेसबुकमा चिनजान गरे । आफू अविवाहित रहेको र राम्री युवती पाए घरजम गरी अस्ट्रेलिया जाने बताए । युवतीलाई विदेशको मोहले तान्यो। असार दोस्रो साता सुन्धारामा भेटे । दुई रात सँगै बिताए । युवक शौच गएका बेला युवतीले उनको मोबाइलमा धेरै युवतीको अश्लील फोटो देखिन् । उनले यसबारे सोध्दा युवकले धम्की दिए, ‘यी फोटा गुगलबाट डाउनलोड गरेको हुँ । बढी बोलिस् भने तेरो पनि फोटो खिचेको छु । सार्वजनिक गरिदिन्छु।’

युवतीले महाशाखामा उजुरी दिएपछि ती युवक पक्राउ परे । नुवाकोटमा पहिल्यै उजुरी परेको थियो । जिल्ला प्रहरी कार्यालय नुवाकोटको टोली उनलाई लिन महाशाखा पुगेको थियो। प्रहरी अनुसन्धानका अनुसार ती युवकले अर्की दुई युवतीलाई पनि अस्ट्रेलियाको प्रलोभन देखाएर यौनतृष्णा मेटेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad