छापा खबर


सरुवारोग अस्पतालका सात स्वास्थ्यकर्मीलाईसमेत डेंगु संक्रमण

सरुवारोग अस्पतालका सात स्वास्थ्यकर्मीलाईसमेत डेंगु संक्रमण

नेपालखबर
भदौ १६, २०७६ सोमबार ०:४६,

सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा डेंगु संक्रमित बिरामीको उपचारका लागि शड्ढया अभाव भएको छ।

डेंगुको महामारी फैलिएसँगै अस्पतालमा बिरामीको संख्या बढेपछि शड्ढया अभाव भएको हो । सय शड्ढया क्षमताको टेकु अस्पतालमा २४ शड्ढया डेंगु संक्रमितका लागि छुट्याइएको छ।

यो ‘डेंगु जोन’ भरिभराउ भइसकेको छ । तर, दैनिक १५ जना भर्ना गर्नुपर्ने डेंगु संक्रमित बिरामी आउने गरेको अस्पतालले जनाएको छ ।

अस्पतालका निर्देशक डा. वासुदेव पाण्डेले २० शड्ढया थप्न सकिने अवस्था रहेको जानकारी दिए । तत्काल शड्ढया थप नगरे समस्या जटिल बन्न सक्ने भन्दै उनले सम्बन्धित निकायको ध्यानाकर्षण पनि गराएका छन्।

यही अवस्थामा बिरामीको संख्या बढ्दै गएको खण्डमा पाल टाँगेर उपचार गर्नुपर्ने अवस्था आउने डा. पाण्डेले बताए । चिकित्सकहरूले यसलाई खतराको संकेत भनेका छन् । देशभर पाँच हजारभन्दा बढी डेंगुका बिरामी देखा परिसकेका छन्।

डेंगुका बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई पनि संक्रमण
डेंगुका बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मी तथा कर्मचारीलाई समेत डेंगु संक्रमण भएको छ।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेका छन्।

सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकु र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कार्यरत सातजना बिरामी परेको सरुवारोग अस्पतालले जनाएको छ।

संक्रमित सबै ओपिडी र इमर्जेन्सीमा कार्यरत कर्मचारी भएको अस्पतालको भनाइ छ । अस्पतालमै संक्रमित लामखुट्टेले टोक्दा कार्यरत कर्मचारीलाई सरेको हुन सक्ने अधिकारीहरूले अनुमान गरेका छन्।

शुक्रराज अस्पतालका लालबहादुर वैबा, शारदा दाहाल, रवीन्द्र अर्याल र डा. असीम कँडेल तथा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका फिरोज महर्जन, लक्ष्मी अधिकारी र सीताराम भण्डारीलाई डेंगु लागेको छ ।

के हो डेंगु?
लामखुट्टेको टोकाइबाट सर्ने एकप्रकारको कीटजन्य सरुवा रोग हो ।

एडिस एजिप्टाई रेलबोपिक्टर्स जातको संक्रमित लामखुट्टेको टोकाइबाट मात्रै यो रोग सर्छ।

जुनसुकै उमेर समूहका व्यक्तिलाई पनि यो रोग लाग्न सक्छ ।

डेंगु भाइरस डिइएन–१, डिइएन–२, डिइएन–३ र डिइएन–४ गरी चार प्रजातिको हुन्छ । एकपटक एकप्रकारको डेंगु लागिसकेपछि जीवनभर त्यसैप्रकारको डेंगु रोग लाग्दैन, तर अन्य प्रकारको डेंगु रोग भने लाग्न सक्छ र दोस्रोपटक लाग्ने डेंगु पहिलेको तुलनामा बढी खतरनाक हुन्छ।

लामखुट्टेको जीवनकाल
लामखुट्टेको जीवनकाल सालाखाला ३० दिनको हुन्छ।

एउटा लामखुट्टेले आफ्नो जीवनभर करिब पाँच सयदेखि एक हजार वटासम्म अन्डा पार्ने गर्दछ।

यो लामखुट्टेले सामान्यतः उज्यालोमा टोक्ने गर्दछ।

हरेक अन्डाबाट नयाँ लामखुट्टेको जन्म हुँदा प्रत्येक नवजात लामखुट्टेले डेंगुको विषाणु बोकेको हुन्छ र त्यसले अर्को स्वस्थ मानिसलाई टोकेमा उक्त व्यक्ति रोगबाट संक्रमित हुन्छ।

संक्रमित लामखुट्टेका सबै अन्डा संक्रमित नै हुन्छन्, यसको अन्डा पानीविना पनि महिनौँसम्म जीवित रहन सक्छ।

पोथी जातको लामखुट्टेलाई फुल पार्न प्रचुर मात्रामा प्रोटिनको आवश्यकता पर्ने भएकोले पोथी लामखुट्टेले मात्र रगत चुस्ने गर्दछ।

भालके जातको लामखुट्टेले बोटबिरुवाको रस चुसेर जीवनयापन गर्दछ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad