छापा खबर


जापानको रोजगारीमा न्यून मात्रै नेपाली कामदार लगिने, कति जना?

जापानको रोजगारीमा न्यून मात्रै नेपाली कामदार लगिने, कति जना?

नेपालखबर
भदौ १६, २०७६ सोमबार ०:३३,

जापानले दक्षता र भाषा ज्ञानलाई उच्च प्राथमिकता दिँदै पहिलो चरणमा नेपालबाट केयरगिभरमा न्यून संख्यामा मात्र कामदार लैजाने देखिएको छ।

जापानले उच्च दक्ष र भाषामा पोख्त हुनुपर्ने गरी परीक्षण मापदण्ड बनाएपछि पहिलो चरणमा थोरै संख्यामा मात्र नेपाली युवा रोजगारीका लागि जापान जान पाउने देखिएको छ। 

नेपालबाट सुरुमा नर्स लगायतका केयरगिभर क्षेत्रमा युवा लैजाने भएको छ। यसका लागि कात्तिकको दोस्रो साता परीक्षा गर्ने जनाएको छ। यो खबर आजको कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन्।

‘कति नेपालीलाई केयरगिभरमा लैजाने भन्ने संख्या भने तोकिएको छैन,’ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका वैदेशिक रोजगार व्यवस्थापन शाखाका उपसचिव दीपक ढकालले भने, ‘नेपालबाट कामदार लैजाने बारेमा जापान जान इच्छुक पहिलो चरणमा थोरै संख्यामा मात्रै लैजाने देखिन्छ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad