दोलखा जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् डीएसपी मानबहादुर राईले भीमेश्वर नगरपालिका-४ का वडाध्यक्ष हरिवंश चौलागाईंलाई दुर्व्यवहार गरेका छन्।
दुई साताअघि चरिकोटमा मृत भेटिएका रूपक चौलागाईंको हत्याको अनुसन्धानमा ढिलाइ भएको भन्दै बुझ्न पुगेका वडाध्यक्ष चौलागाईंलाई गद्दार भन्दै डिएसपी राईले भाटे कारब्ँहीको चेतावनी दिएको जनाइएको छ ।
बिहीबार साँझ चरिकोटमा पत्रकार सम्मेलन गरी चौलागाईंले डिएसपीले आफूलाई तथानाम गाली गर्दै घोक्र्याएको बताए। यो खबर आजको नागरिक दैनिकमा छापिएको छ।
‘जनताको समस्या लिएर उनको कार्यकक्षमा पुग्दा अनुसन्धान गर्न तेरो सरकारले स्रोत र साधन दिएको छ र । तँजस्ता गद्दारहरुले नै सबै काम बिगारेका हुन् भन्दै तथानाम गाली गर्दै दुर्व्यवहार गरे,’ उनले भने।
यता डिएसपी राईले पनि आफूले दुर्व्यवहार नगरेको दाबी गरेका छन्।

प्रतिक्रिया