बलिउडका स्थापित निर्देशक सञ्जय लीला भन्सालीको ‘इन्सा अल्लाह’बाट सलमानले हात झिकेको चर्चा भारतीय मिडियामा छाएको छ।
सलमान र आलिया भट्टलाई मुख्य भूमिकामा राखेर सेप्टेम्बर अन्तिमबाट सुटिङको तायरी गरिएको फिल्मबाट सलमानले हात झिकेपछि फिल्म निर्मण केही समयलाई अनिश्चित भएको छ।
सलमान ‘इन्सा अल्लाह’बाट टाढिएपछि उनको ठाउँमा चर्चित अभिनेता साहरुख खानले अभिनय गर्ने भएको भारतीय मिडियाले उल्लेख गरेका छन्। याे खबर अाजकाे नयाँ पत्रिकामा छापिएकाे छ।
केही कुरामा सहमति हुन नसकेपछि सलमान र भन्सालीबीच सहकार्य टुटेको बताइए पनि अभिनेत्रीका रूपमा आलिया नै रहने पनि उल्लेख गरिएको छ।
3
Shares
प्रतिक्रिया