उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार भियो कन्फरेन्समार्फत् मन्त्रिपरिषद् बैठक गरेका छन्।
प्रविधि प्रयोगका हिसाबले नेपालको इतिहासमा यो पहिलो घटना भए पनि सुरक्षाका हिसावले भने प्रश्नहरु उठेका छन्।
यो खबर आजको नागरिक दैनिकमा बसन्त खड्काले लेखेका छन्।
आइटी विज्ञहरुले भिडियो कन्फरेन्समार्फत् गरिने बैठक सूचना चुहावटको हिसाबले सुरक्षित नहुने बताएका छन्।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीले भिडियो कन्फरेन्समार्फत् बैठक गरेर राज्यको गोपनियताको चिरहरण गरेको बताएको छ।

प्रतिक्रिया