छापा खबर


शालिकराम आत्महत्या र रवि पक्राउ प्रकरणः न्यायाधीश रावलले प्रहरी अनुसन्धानमाथि उठाए ३ प्रश्न?

शालिकराम आत्महत्या र रवि पक्राउ प्रकरणः न्यायाधीश रावलले प्रहरी अनुसन्धानमाथि उठाए ३ प्रश्न?

नेपालखबर
भदौ १०, २०७६ मंगलबार ०:३१,

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणले नेपालको न्याय क्षेत्रमा नयाँ वहसको सुरुवात गरेको छ।

आत्महत्या दुरुत्साहन अभियोगमा पक्राउ परेका पत्रकार रवि लामिछाने पाँच लाख, उनका सहयोगी युवराज कँडेल तीन लाख धरौटी र अस्मिता कार्की साधारण तारेखमा छुटेका छन्।

यो प्रकरणमा जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलले प्रहरी अनुसन्धानमाथि तीन प्रश्न उठाएका छन्। यो प्रकरणमा जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलले प्रहरी अनुसन्धानमाथि तीन प्रश्न उठाएका छन्। यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

१. आत्महत्याअघि शालिकराम पुडासैनीले रेकर्ड गरेको भिडियोको अन्त्यमा आमाबाबु, आफन्तलाई प्रणाम गर्दै दुई हात जोडेको देखियो। दुबै हात जोडेर सेल्फी खिच्न कसरी सम्भव छ? उनी एक्लै थिए भनेर कसरी पुष्टी हुन्छ?

२. मृतकले आत्महत्या गर्छु भनेर घोषणा गर्नु र आत्महत्या गर्नुमा समयको अन्तर कति हो? उनले कपडासमेत फेरेको देख्दा समयको अन्तर धेरै देखिन्छ। आत्महत्या आवेगमा गर्ने हो, त्यति लामो समयसम्म उनको मन बदलिएन भनेर कसरी मान्ने?

३. मृतकले खिचेको भिडियो अदालतमा आउनुभन्दा अघि मिडियामा कसरी पुग्यो?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad