सामान्यतया आपराधिक घटनामा संलग्न भई कसुरदार ठहरिए त्यस्ता व्यक्तिलाई कैद तथा जरिमाना सजाय हुने गरेको त सुनकै हो। तर वन्यजन्तुले पनि कसुर गर्दा कैद सजाय भोग्नुपरेको भन्ने सुन्दा अनौठो लाग्ला तर यो सत्य हो।
बर्दियामा बस्तीमा पसेर मान्छे मार्ने बाघ यतिखेल निकुञ्जको कैद अर्थात् रेस्क्यु सेन्टरमा छ।
आइतबार बिहान ७ बजे बस्तीमा मान्छे मारेर निकुञ्जमा छिरेको बाघलाई निकुञ्ज प्रशासनले सोमबार बिहान करिब ९ बजे निकुञ्जबाटै नियन्त्रणमा लिएको हो।
बाघलाई नियन्त्रणमा लिन निकुञ्ज प्रशासनलाई करिब २६ घण्टा कडा मेहनत गर्नुपरेको थियो। यो खबर आजको राजधानी दैनिकमा सुदीप अधिकारीले लेखेका छन्।
यो बाघ अहिले निकुञ्जको मुख्यालय ठाकुरद्वाराको खोरमा छ। सम्भवतः यो बाघ नमरुन्जेल निकुञ्ज प्रशासनकै रेखदेखमा रेस्क्यु कक्षमै रहनेछ।

प्रतिक्रिया