फोब्र्सले सबैभन्दा बढी कमाइ गर्ने अभिनेत्रीहरुको टपटेन सूची सार्वजनिक गरेको छ।
सार्वजनिक सूचीअनुसार अलिउड अभिनेत्री स्कारलेट जोहानसन सबैभन्दा ढबी कमाइ गर्नेमा पहिलो नम्बरमा छिन्।
जोहानसनको वार्षीक कमाइ ५६ मिलियम डलर छ। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।
गत वर्ष पनि जोहानसन नै सबैभन्दा बढी कमाइ गर्नेमा एक नम्बरमै थिइन्।
यस वर्षको टपटेनको सूचीमा क्रमशः स्कारलेट जोहानसन, सोफिया वरगारा, रिज विदरस्पुन, निकोल किडमन, जेनिफर एनिस्टन, कैली कुको, एलिजावेथ मास, मार्गोट रवि, चार्लिन थेरोन र एलेन पोम्पो छन्।
दोस्रो स्थानमा रहेकी सोफिया वरगाराको कमाइ ४१ मिलियन डलर छ। दशौँ स्थानमा रहेकी एलेन पोम्पोको कमाइ साढे २२ मिलियन डलर छ।
प्रतिक्रिया