आमजनका सामान्य अपेक्षासमेत सम्बोधन गर्न असफल ओली सरकार विरुद्ध यो वा त्यो निहुँमा बढ्दो सडक असन्तुष्टिले कुनै पनि बेला अकल्पनीय परिणाम निम्त्याउने जोखिम छ।
सरकारविरुद्ध बढिरहेको असन्तुष्टि मत्थर पार्न परिणाममुखी कदम नचाले नसोचेको परिस्थिति निम्तिन सक्ने खबर आजको हिमाल साप्ताहिकमा शेखर खरेलले लेखेका छन्।
राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, निर्मला बलात्कार र हत्या प्रकरण, मिडिया काउन्सिल र गुठी विधेयक तथा पछिल्लो समय रवि लामिछाने पक्राउ प्रकरण सम्बन्धी घटनालाई लिएर सरकार विरुद्ध सडकको आक्रोश छताछुल्ल भएको छ।
सडक विरोधको पृष्ठभूमि अरु कसैले नभएर स्वयं सरकारले नै तयार गरिदिएको हो।
कुनै पनि संस्थाका कार्यकारी प्रमुखको मनोदशा उनको टीमले प्रवाह गर्ने सूचनामा निर्भर रहन्छ।
एउटा सानो र संकीर्ण समूहबाट घेरिएर बसेका प्रधानमन्त्री ओली स्वयं बृहत संवाद गर्ने मनस्थितिमा छैनन्।
न त उनको टीम नै सबै तह, तप्का र विचारधाराका समूहसँग संवाद गर्ने सामथ्र्य राख्छ।
पछिल्लो समय प्रम ओली दुई कुराप्रतिको बचाउमा दिलोज्यानले लागेका देखिन्छन्।
पहिलो सत्ता हो, दोस्रो चाहीँ आफ्नै स्वास्थ्य।

प्रतिक्रिया